Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १७ : ५० मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै माननीय मुख्यमन्त्री गुरूङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् । 

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।    

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको