Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तकाे सभा आज, शतप्रतिशत हकप्रद जारी गर्ने विशेष एजेन्डा

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, ०६ : ५० मा प्रकाशित

सिभिल लघुवित्तकाे सभा आज, शतप्रतिशत हकप्रद जारी गर्ने विशेष एजेन्डा

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा आज (असार २६ गते, शुक्रबार) हुँदैछ । 

संस्थाकाे असार ३ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आठाैँ वार्षिक साधारण सभा होटल अर्किड परिसर, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

संस्थाले साधारण सभा, हकप्रद शेयर निष्कासन तथा लाभांश वितरण प्रयाेजनार्थ असार १५ गते साेमबार बुकक्लोज गरेकाे थियाे । तसर्थ असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित भए -सिइओ कुमार बहादुर खत्री, अजोड इस्न्योरेन्स

संस्थाले चुक्ता पूँजीको शतप्रतिशत (१००%) १ः१ काे अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डबाट गत फागुन १४ गते,बुधबार नै अनुमति पाइसकेकाे छ । सेञ्चुरी क्यापिटललाई बिक्री प्रबन्धक ताेकिएकाे उक्त हकप्रद पश्चात संस्थाकाे चुक्ता पूँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्दछ । हाल संस्थाकाे चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रूपैयाँ रहेकाे छ ।

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको