Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे उन्नति र सहकार्य लघुवित्तको एकिकृत कारोबार

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, १० : ४८ मा प्रकाशित

सुरू भयाे उन्नति र सहकार्य लघुवित्तको एकिकृत कारोबार

अर्थ संसार, काठमाडौं - उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार २६ गते, शुक्रबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई गत फागुन १८ अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । दुवै कम्पनीको गत पुस २९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, मर्जर पश्चात अब उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू भएकाे हाे । दुवै कम्पनी १०० बराबर ७५ अनुपातमा मर्ज भएका हुन् । 

हाल उन्नतिको चुक्ता पूँजी रु आठ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्थाको रु एक  करोड ४० लाख रहेको छ । एक आपसमा गाभिए पश्चात् दुवै वित्तीय संस्थाको लघुवित्त बैंकिङ्ग प्रणाली, वित्तीय, मानव संशाेधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्दी गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधियुक्त लघुवित्त वित्तीय सेवा सुविधा प्रदान गरिने भएको संस्थाले जनाएकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको