Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, ११ : १४ मा प्रकाशित

घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा हिजाे नयाँ इतिहास कायम गरेकाे सुनकाे मूल्यले आज (शुक्रबार) भने ओरालाे यात्रा तय गरेकाे छ ।

शुक्रबार सुनकाे मूल्य ताेलाकाे २ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेर प्रतिताेला ९ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको