Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, १३ : ५७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको छ । 

बैंकको कर्णाली प्रदेशको प्रादेशिक कार्यालय प्रमुख मदन कुमार मुल्मीले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

माननीय मुख्यमन्त्री शाहीले कोरोना भाइरस (कोभिड –१९) विरूद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।

बैंकले कोरोना भाइरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाइरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएको छ ।

   

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको