Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्कासन गर्न यी दुई कम्पनी धितोपत्र बोर्डको ढोकामा

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, १४ : २८ मा प्रकाशित

आइपिओ निष्कासन गर्न यी दुई कम्पनी धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार, काठमाडौं – दुईवटा कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २२ गते साेमबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

त्यसैगरी, रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

हेर्नुहाेस् तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको