Like us!
Follow us!
Connect us!
Watch us!

ज्योतिष फेस रिडर अर्जुन क्षेत्री पक्राउ !

अर्थ संसार

शुक्रबार, २६ असार २०७७, १५ : ४५ मा प्रकाशित

ज्योतिष  फेस रिडर अर्जुन क्षेत्री पक्राउ !

अर्थ संसार, काठमाडौं- पछिल्लो समय आफूलाई प्रख्यात फेस रिडर  भनेर  चिनाउन खोज्ने अर्जुन थापा (क्षेत्री) अख्तियारको फन्दामा  परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ–२ चपलीहाइटमा प्लटिङको जग्गामाथि नक्कली अख्तियारको कर्मचारी बनी पैसा असुल्ने  योजना बनाउँदा  विफल भई सक्कली अख्तियारको फन्दामा परेका हुन् ।

बुढानिलकण्ठ–२ चपलीहाइटमा प्लटिङको जग्गामा सरकारी जग्गा पनि परेको  उक्त जग्गाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा पनि उजुरी परेको हल्लासँगै अर्जुले पैसा असुल्नको लागि  अर्जुनको ९ जनाको टोलीले आफैं सिंगो अख्तियार नै खडा गरेका थिए ।

पक्राउ पर्नेहरूमा  विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरूङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल छन्। उनीहरूलाई गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।

यी ९ जनाविरूद्ध अपराधिक लाभ लिन खोजी मोबाइलबाट पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत बताउने, अनुसन्धान प्रक्रिया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुसजस्ता एसएमएस पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गर्नेलगायत उजुरी परेको अख्तियारले जनाएको छ।उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको