Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थानकाे सभा आज, हकप्रद जारी गर्ने विशेष प्रस्ताव

निशा हुमाँगाई

शनिबार, २७ असार २०७७, ०७ : ३८ मा प्रकाशित

जनउत्थानकाे सभा आज, हकप्रद जारी गर्ने विशेष प्रस्ताव

अर्थ संसार, काठमाडौं – जनउत्थान  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा आज (असार २७ गते, शनिबार) हुँदैछ ।

संस्थाकाे असार १२ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा हाेटेल न्यू ईराकाे सभाहल, बुटवल उप-महानगरपालिका वडा नम्बर ९, कालिकापथ, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभाले संस्थाकाे पुस ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, सभामा बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि चैत्र १४ गते संस्थाकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ चैत्र १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण, लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने तथा अधिकृत पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि रहेकाे छ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको