Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे आयाे पञ्चकन्या माई हाइड्रोपावरको वित्तीय विवरण

निशा हुमाँगाई

शनिबार, २७ असार २०७७, ०९ : ५१ मा प्रकाशित

यस्ताे आयाे पञ्चकन्या माई हाइड्रोपावरको वित्तीय विवरण

अर्थ संसार, काठमाडौं –  पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी १६ करोड ३६ लाख २६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । उक्त नोक्सान गत वर्षकाे तुलनामा बढेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनी १२ करोड ४६ लाख १९ हजार ६५० रुपैयाँ नोक्सानमा रहेको थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २८ करोड ९१ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २६ करोड ७३ लाख ७९ हजार रूपैयाँ नाफा आम्दानी गरेको थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ, जगेडा कोष भने १६ करोड ३६ लाख २६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यसैगरी, प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा र प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ १२ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको