Like us!
Follow us!
Connect us!
Watch us!

अब रिचार्जरमै पाइन्छ डब्लूएचओले सर्टिफाइ गरेको एन ९५ मास्क

निशा हुमाँगाई

शनिबार, २७ असार २०७७, १० : ३४ मा प्रकाशित

अब रिचार्जरमै पाइन्छ डब्लूएचओले सर्टिफाइ गरेको एन ९५ मास्क

अर्थ संसार, काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो ।

९५ प्रतिशतसम्म हावालाई पूर्ण रूपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ । कोरोना संक्रमणको जोखिमका बिच नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताएका छन् । 

साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री वितरण गर्न थालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा रिचार्जरले एम एच आईका स्यानिटाइजरको बिक्री वितरण सुरू गरेको हो । 

अल्कोहलको गन्धयुक्त स्यानिटाइजरबाट आजित बनेको अवस्थालाई मध्यनजर गर्दै लेमन फ्लेवरको स्यानिटाइजर बजारमा उपलब्ध गराउन लागिएको ग्लाइडरले जानकारी दिए । प्रि बुकिङ गरेर मात्र यो स्यानिटाइजर खरिद गर्न सकिनेछ । 

त्यसैगरी, ग्लाइडरका अनुसार अहिले बजारमा बिक्री वितरण भैरहेको के एन ९५ मास्क पनि रिचार्जरले ५० रूपैंयामा उपलब्ध गराउने छ । कोभिड प्रतिरोधात्मक भिटामिन सी युक्त डबल सी ब्राण्डको जुस एक सय रूपैयाँमा किन्दा एउटा के एन ९५ मास्क सित्तैमा उपलब्ध हुने ग्लाइडरले बताए । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको