Like us!
Follow us!
Connect us!
Watch us!

११ हजार ट्याक्सी चालकको कोरोना बीमा गर्दै इजी ट्याक्सी नेपाल

निशा हुमाँगाई

शनिबार, २७ असार २०७७, १५ : १६ मा प्रकाशित

११ हजार ट्याक्सी चालकको कोरोना बीमा गर्दै इजी ट्याक्सी नेपाल

अर्थ संसार, काठमाडौं - इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरूको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बीमा गरिदिने व्यवस्था ल्याएको छ ।
पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीको विषयलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरूको कोरोना बीमा गर्ने व्यवस्था गरेको हाे ।

यस योजना अन्तर्गत ट्याक्सी चालकहरूले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा संचालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आवद्ध हुने प्रतिवद्धता गर्नुपर्नेछ ।

यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् ।

यस एप भित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ । 

यसबाट चालक तथा यात्रु दुवै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफु चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।

यस प्रकारको सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ्ग गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विवरणहरू पनि सजिलै संकलन गर्न सकिनेछ । 

अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै ट्याक्सी सेवालाई सहज रूपमा संचालन गर्ने व्यवस्था मिलाउने उद्धेश्य समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

इजी ट्याक्सी नेपालका अध्यक्ष संजीत पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसाय समेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बीमा गर्न लागिएको बताएका छन् । सिमित संख्यामा ट्याक्सी चल्न थालेकाे र यात्रुहरूलाई समेत सुरक्षित भएको संदेश दिनुपर्ने हुनाले कोरोना बीमा गर्दा ट्याक्सी चालकहरूले ढुक्कले सेवा दिनसक्ने पौडेलले बताए ।

यसका साथसाथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बीमा गराउँदा विभिन्न बीमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बीमा गराउने व्यवस्था समेत गरेको छ । जस अन्तर्गत इजी ट्याक्सी नेपालले ट्याक्सी बीमामा न्यूनतम ७ सय रूपैयाँदेखि ८ हजार ७ सय ६५ रूपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको