Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु - स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

शनिबार, २७ असार २०७७, १६ : ३८ मा प्रकाशित

कोरोना संक्रमणबाट थप ३ जनाकाे मृत्यु - स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

मृत्यु हुनेमा काठमाडौं -१० का ६० वर्षीय पुरूष, सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुष रहेका छन् ।

डा. जागेश्वर गाैतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा  पोजेटिभ देखिएको थियो । 

यसैगरी, सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि असार २५ गते निधन भएको हाे । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी, गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हाे । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको थियाे । २१ गते स्वाबको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको