Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनले गन्धर्व समुदायमा उत्साह

शनिबार, १९ चैत्र २०७३, १३ : ५४ मा प्रकाशित

निर्वाचनले गन्धर्व समुदायमा उत्साह

अर्थ संसार 

पाल्पा–नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले पाल्पाका गन्धर्व समुदाय उत्साहित भएका छन् । राज्यका नीति निर्माण तहमा अतिन्यून सहभागिता रहेको यो समुदाय निर्वाचनपछि स्थानीय तहबाट आफ्नो समुदायको हितमा काम हुने आशा र विश्वासमा छ ।

करिब २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुननसक्दा जनताका काम सोचे अनुसारको हुन नसकेको र पहुँचवालाले  मात्र योजना पारेको र दलका नेताले आफू अनुकूलका योजना निर्माण गरी रकम खर्च गर्ने गुनासो बढेको बेला निर्वाचन नजिकिँदा महिला, दलित, जनजातिमा उत्साह ल्याएको हो । 

तानसेन नगरपालिका– ६ का दिनेश गन्धर्वले पहिलोपटक स्थानीय तहमा मतदान गर्ने अवसर पाउने हुनु भएपछि खुसी हुनुहुन्छ । उहाँ लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा कर्मचारीको भरमा मात्र स्थानीय निकायको नेतृत्वले न्यायोचित रुपमा विकासको लहर ल्याउन नसकेको र दलित समुदायको बजेट अन्यत्र खर्च भएकाले अब आफू नै वडाध्यक्ष बनेर समुदायको हितमा काम गर्ने सोचमा हुनुहुन्छ । 

तानसेन नगरपालिका– ६ का ५६ वर्षीय रामबहादुर गन्धर्वले यसपालिको निर्वाचनमा आफूले चिनेको राम्रो काम गर्नेसक्ने क्षमता भएको उम्मेदवारले मात्र मत पाउने बताउनुभयो । पटक/पटक मतदान गरे पनि अहिले पार्टीको नेता भन्दा राम्रो काम गर्ने क्षमतावान मान्छेले मत पाउने छ । 

पाल्पा जिल्लाका– २ नगरपालिका र ८ गाउँपालिकामा ८१ वटा वडाबाट जनप्रतिनिधि निर्वाचन हुनेछन् । यसपालिको निर्वाचनमा दलित महिला एकजना, महिला एकजना, खुल्लामा दुईजना र एकजना वडाध्यक्ष दलहरुले उम्मेदवारी दिनुपर्ने बाध्यताको कारण पनि दलित महिलामा गन्धर्व समुदायको प्रतिनिधित्व हुने सम्भावना देखिएको छ ।

गन्धर्व समुदायका पुरुषको यसपालिको निर्वाचनले स्थानीय तहमा प्रतिनिधित्व चुनिने सम्भावना बढेको छ । २०६८ सालको जनगणनाअनुसार ९८ पुरुष र ९५ महिला गरी कुल पाल्पाको तानसेन नगरपालिकाभित्र एक सय ९३ जना र रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित ११ महिला र ११ पुरुष गाउँ र रम्भा गाउँपालिकाको ताहुमा आठ पुरुष र १९ महिला गन्धर्व समुदायको जनसङ्ख्या रहेको छ । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको