Like us!
Follow us!
Connect us!
Watch us!

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर)

आइतबार, २० चैत्र २०७३, ०९ : २२ मा प्रकाशित

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर)

दिनिता लामिछाने
काठमाडौं–फूलको सौन्दर्यले कसलाई मोहित नगर्ला ? तपाईं पनि फूलको सौन्र्यमा रमाउन चाहनुहुन्छ भने राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो अन्तराष्ट्रिय पुष्प व्यवसाय मेलामा जानुहोस् । 

मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि, विषादीलगायते प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् । 

पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर–आँगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवाप्रति अभिरुचि राख्ने तथा यससम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरुका लागि मेला उपयुक्त गन्तब्य हुनसक्छ । फूलको सजावटले भृकुटीमण्डप झकिझकाउ देखिन्छ । मेला भर्नेहरु फूलको पृष्ठभूमिमा फोटो खिच्न तँछाडमछाड गरिरेहका देखिन्छन् । 

मेलामा ९९वटा स्टल छन् । तीमध्ये अफिसियल ७ वटा, प्रतियोगितात्मक ३ वटा, ल्याण्डस्केपिङ्ग ४ वटा ब्यबसायीक ५७ वटा र अतरास्टिय २८ वटा छन् । मेला आइतबारसम्म चल्ने छ । 
 

58e07da77fdd4.jpg 58e07dad46991.jpg 58e07dba257e6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको