अर्थ संसार
काठमाडौं– आफ्नो लगानीकर्ताहरुलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मंगलबार (२२ गते) देखि सेयर प्रमाणपत्र बाँड्ने भएको छ । कम्पनीको अनुसार गत आर्थिक बर्षको कमाईबाट आफ्नो लगानीकर्तालाई प्रदान गरेको ६ प्रतिशत बोनस सेयर प्रमाणपत्र बाँड्न लागेको हो ।
ट्रेड टावर थापाथलीबाट
लगानीकर्ताहरुले रिडिले कम्पनीको कार्यालय पाँचौं तल्ला ट्रेड टावर थापाथलीबाट सेयर प्रमाणपत्र बाँड्ने भएको छ ।
आफैं उपस्थित भई सेयर संकलन गर्न नसक्ने सेयरधनीले मञ्जुरिनामा र दुबै व्यक्तीको परिचयपत्रको प्रतिलिपि सहित उपस्थित हुन कम्पनीले सूचित गरेको छ । सेयर प्रमाणपत्र डिम्याट गराईसकेका लगानीकर्तालाई भने खातामा नै सिधै बोनस पठाईसकेको कम्पनीले जनाएको छ ।
संस्थापक तथा कर्मचारीको सेयर फुकुवा
अब संस्थापक तथा कर्मचारिहरुले आफुसँग भएको कम्पनीको धितोपत्र बजारमा सेयर किनबेच गर्न सक्नेछन् । कम्पनीको संस्थापक तथा कर्मचारिको सेयर समेत निष्काशन भएको तीन बर्ष पुगेकोले सेयर फुकुवा गरेको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस