Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले प्रधानमन्त्री कृषि कार्यक्रम ल्याउने

शुक्रबार, २८ असोज २०७३, ११ : ५० मा प्रकाशित

सरकारले प्रधानमन्त्री कृषि कार्यक्रम ल्याउने

अर्थ संसार
काठमाडौं–कृषिको विकास र आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सरकाले प्रधानमन्त्री कृषि कार्यक्रम ल्याउने भएको छ । 

युवाहरुलाई कृषि पेशामा प्रोत्साहन, कृषि ऋण प्रवाह, आधुनिक प्रविधी भित्र्याउन पहल, खेतीयोग्य जमिनको पहिचान गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि परियोजना ल्याउन लागेको हो । खाद्यान्नमा मुलुकलाई आत्मनिर्भर बनाउने तथा संघीय ढाँचामा कृषिको आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि कार्यक्रम ल्याउन लागिएको कृषि राज्यमन्त्री राधिका तामाङले जानकारी दिइन् । 

परियोजनासम्वन्धी सम्पूर्ण कार्यविधी तय भइसकेको तामाङको भनाई छ । मन्त्रालयले यसका लागि करिव ६ अर्व रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको छ । परियोजनासम्वन्धी कार्यविधी मन्त्रीपरिषदबाट पारित भएपछि कार्यन्वयनमा आउनेछ ।

७० प्रतिशतभन्दा वढी जनता कृषिमा आवद्ध हुँदा समेत मुलुक खाद्यान्नमा आत् निर्भर हुन नसकेको भन्दै कृषिको आधुनिकीकरणमार्फत उत्पादन परियोजना ल्याईएको राज्यमन्त्री तामाङले बताइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको