Like us!
Follow us!
Connect us!
Watch us!

स्टोरी साइकलले अमेरिकामा कला प्रर्दशनगर्ने

मंगलबार, २२ चैत्र २०७३, ११ : ३० मा प्रकाशित

स्टोरी साइकलले अमेरिकामा कला प्रर्दशनगर्ने

दिनिता लामिछाने
काठमाडौं–स्टोरी साइकलले अमेरिकाको अमेरिकाको टेक्सस राज्यको फोर्ट बर्थमा ३ हप्ते कला प्रदर्शनी गर्ने भएको छ । कम्पनीले नेपाल शो नाम दिएको प्रदर्शनीमा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशर्न गरिने जनाइएको छ ।   

अप्रिल ७ देखि २६ सम्म हुने मेलाको रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउँदै चित्रकला, हस्तकला, फोटो र भिडीयोलगायतका फरक फरक बिधालाइ एकै ठाउँमा प्रस्तुत गर्न नेपाल शो आयोजना गरिएको बताए ।

‘यस्तो प्रर्दशनीले कलाकारलाई अन्तरराष्ट्रिय रुपमा चिनाउनुका साथै नेपालको केही हदसम्म सकारात्मक र प्रभावकारी प्रचार हुनेमा हामी बिस्वस्त छौं’, उनले भने । प्रदशनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा संचालन गरेका कथा शिविर र केही महिना अगाडि सिन्धुलीको दुम्जामा संचालित कला शिवीरमा तयार भएका चित्रकला प्रदशनीमा राखिने छन् ।

प्रदर्शनीमा कलााकारहरु सुरेम देशार, अनिल महर्जन र आरके थापाका चित्रकला रहने छन । साथै तासी लामा र जुनी लामाका केही थान्का पनि प्रदर्शन गरिने ढकालले बताए । हस्तकलामा क्राफ्टेड इन काठमाडौले २५ भन्दा बढी कलाकारहरुसँग संकलन गरेका बिबिध कलामध्ये केही प्रदर्शन गरिने छ । साथै जेलमा तयार गरिएका केहि हस्तकला पनि यसमा सामेल हुने छन् ।  

स्टोरी साइकलले बिभिन्न ठाउमा गरेको कथा शिवीरमा जम्मा गरेका फोटोहरु प्रदर्शनमा रहने छन । तीमध्ये फोटोग्राफर नबिन बरालले खिचेका लंमजुङका हिमालहरुको फोटो बिषेश आकर्षण रहने छन । सगरमाथा र बारपाक क्षेत्रका फोटो पनि रहने छन । 

कथाकार सौरभ ढकालले तयार गरेको सगरमाथा आरोही आपा शेर्पा, सामाजिक उद्यमी अनिल चित्रकार, म्यागासेसे विजेता महाबीर पून, जलविद्युत प्रबर्धक बीरबहादुर घले, सिएनएन सुपर हिरो  पुस्पा बस्नेत र विश्व साइकल यात्री पुस्कर शाहको कथा प्रदर्शनीमा प्रस्तुत गरिने छ । 
स्टोरी साइकलले २०१५ देखि अमेरिकामा बिभीन्न कार्यक्रम गर्दै आएको  छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको