Like us!
Follow us!
Connect us!
Watch us!

त्रिवेणीलाई गाभेपछि आजदेखि जनता बैंकको एकिकृत कारोबार शुरु

शुक्रबार, २५ चैत्र २०७३, १० : ५६ मा प्रकाशित

त्रिवेणीलाई गाभेपछि आजदेखि जनता बैंकको एकिकृत कारोबार शुरु

अर्थ संसार 
काठमडौं– जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक लिमिटेड एक आपसमा गाभिएर (मर्जर) पछि जनता बैंक नेपाल लिमिटेडको नामबाट  आजबाट एकिकृत कारोबार शुरु भएको छ । 

यी बैंकहरु बीच फागुन १ गते विशेष साधारण सभाले गाभिने निर्णय गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट चैत्र ६ गते अन्तिम स्वीकृति पाएका थिए । 

मर्जर पश्चात बन्ने जनता बैंक नेपाल लिमिटेडको केन्द्रीय कार्यालय साविकको त्रिवेणी विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान काठमाडौ महानगरपालिका, वडा नंं ११ थापाथली ( सेन्ट्रल विजनेश पार्क) मा रहेको छ । 

मर्जर प्रयोजनको लागि चैत्र २४ गते बिहीबार जनता बैंक र त्रिवेणी विकास बैंकको सम्पूर्ण शाखा तथा कार्यालयहरु र २३–२४ गते एटिएम पेन्मेन्ट गेटओय बन्द भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको