Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र त्रिवेणी गाभिए, असार मसान्तमा सजिलै आठ अर्ब पुग्ने

शुक्रबार, २५ चैत्र २०७३, १२ : ५९ मा प्रकाशित

जनता बैंक र त्रिवेणी गाभिए, असार मसान्तमा सजिलै आठ अर्ब पुग्ने

दिनिता लामिछाने
काठमाडौं– मुलुकको कान्छोमध्येको एक जनता बैंकमा त्रिवेणी विकास बैंक गाभिएपछि शुक्रबार एकिकृत बैंकिङ कारोबार सुरु भएको छ । जनताको नामबाट सुरु भएको कारोबारको राष्ट्र बैंकका गभर्नर चिरंजिवी नेपालले थापाथलीस्थित केन्द्रीय कार्यालयमा उद्घाटन गरे । 

उद्घाटनका क्रममा गर्भनर नेपालले जनता बैंक अब ठूलो भएको बताए । ‘यसले अर्थतन्त्रमा योगदान पुर्याउँछ भन्ने आशा राखेको छु,’ उनले भने । उनले जनता बैंक दुई वटा बाणिज्य बैकंमा स्थापित भएको उनले बताए । यसले भोलिका दिनमा नयाँ अवसर प्रदान गर्ने बताउँदै उनले निक्षेपकर्ताहरु सुरक्षिता हुने बताए ।

दुवै संस्थाको गत फागुन १ गते भएको विशेष साधारणसभाले गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले दुवैलाई गाभिएर एकिकृत कारोबार गर्न चैत ६ गते अन्तिम स्वीकृति दिएको थियो । 

दुवै बैंक गाभिएपछि चुक्ता पुँजी बढे। ४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकका शाखाको संख्या ७३, एटीए संख्या ३८ र ग्राहक संख्या ३ लाख पुगेको बैंकले जानकारी दिएको छ । उन दुई बैंक एकआपसमा गाभिएका हुन् । दुबै बैंक गाभिएपछि निक्षेप ३६ अर्ब, कर्जा सापटी ३३ अर्ब भएको छ । जनता बैंकले सिद्धार्थ बैंकले किन्ने सम्झौता गरिसकेको छ । सिद्धार्थ बैंकलाई प्राप्ति गरेपछि असारसम्म चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । 

जनता बैंकले यसअघि पुँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताप साधारणसभाबाट पारित गरेको थियो । सिद्धार्थलाई प्राप्त गरेपछि भुक्ता पूँजी सहजै पुग्ने हुनाले जनताले हकप्रद जारी गर्ने प्रस्ताव फिर्ता लिने सम्भावना छ । गाभिनुअघि जनता बैंक र त्रिवेणी दुवैले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेका थिए । 

जनताले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा जनताले १६ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो भने त्रिवेणी विकास बैंकले पनि ११ करोडभन्दा बढी नाफा गरेको थियो ।

जनतासँग प्राप्तिमा जान लागेको सिदार्थ विकास बैंकको एक अर्ब ४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले पुस मसान्तसम्म १८ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकले ७२र७३ मा २४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो। सिद्धार्थले सेयरधनीलाई ६० प्रतिशत हकप्रद सेयर बिक्री गर्न सार्बजनिक सूचना गरिसकेको छ । 

58e73ee947163.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको