Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा महिला लगानीकर्ताको आकर्षण बढ्दै

शनिबार, २६ चैत्र २०७३, १५ : ४८ मा प्रकाशित

सेयर बजारमा महिला लगानीकर्ताको आकर्षण बढ्दै

बित्तीय क्षेत्रमा महिलाको सहभागिता २०४६ सालदेखि बामे सर्दै आएको हो । हालका  दिनमा अझ महिलाहरु पूँजि बजारमा पनि सक्रिय रुपमा लाग्न थालेका छन् । पूँजी बजारमा घरायसी कामको व्यबस्थापन गरेर फुर्सद्को समय उपयोग गर्न सकिन्छ । बुझेर लगानी गरे राम्रो लाभसमेत लिन सकिने हुनाले सेयर बजारमा महिला सहभागिता उल्लेखनीय हुँदै गएको छ ।

यस्तो बेला धितोपत्र बोर्ड, नेप्से, ब्रोकर कम्पनी र अर्थ मन्त्रालयलगायतका निकायले देशैभर जनचेतनामूलक बित्तीय साक्षरता कार्यक्रम लिइएर गाउँ गाउँमा जानुपर्ने लगानीकर्ता सरोजा ढकाल बताउनु हुन्छ । 

महिलाहरु बचत गरेर भविश्यमा आइपर्ने गर्जो टार्नबढी  सचेत हुन्छन् । महिलाले पूँजि परिचालन गरेर राम्रो आर्थिक हैसियत बनाएका उदाहरण पनि प्रसस्त देखिएका छन । आफ्नो पैसा कसरी, कति लगानी गर्ने भन्ने कुरामा सचेत हुनसके  त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ । 

सेयर कारोबार गरेरै राम्रो रकम हातमा लिएर सक्षम लगानीकर्ता  भएका महिला दिदीबहिनी धेरै छन् । उनीहरु विस्तारै सेयर कारोबारका क्षेत्रमा अब्बल भएर निस्कँदैछन् । उल्लेख्य रुपमा महिला लगानीकर्ता बढ्दै जानु अत्यन्तै उत्साहजनक हो । 
बच्चालाई स्कुल पठाइएर फेरि छुट्टी भएपछि लिन जान भ्याउने कारोबारको समय ११ देखी ३ बजेसम्म हुने हुनाले महिलाले घरको काम सकेर विभिन्न ब्रोकर कम्पनीमा गएर सहजै सेयर खरिद बिक्री गर्न सक्छन् । पछिल्लो समय ब्रोकरको शाखा विस्तारका साथै नियामकारी निकाय धितोपत्र बोर्डले आक्रमक रुपमा बजारमा सुधारको योजना ल्याएकाले महिलालाई अझै सजिलो भएको छ ।

सेयर खरिद बिक्री गर्न  पूँजी चाहिन्छ । महिलालाई  पनि बिना पूँजी लगानी गर्न सम्भव छैन । त्यसकारण महिलालाइ पूँजीको पहुँच आवश्यक छ । बैंकहरुले पनि घरपरिवारमा प्राप्त हुने आर्थिक पहुँच तथा सेयर धितोको क्षमता हेरर ऋण प्रवाह गरेका छन् । 

महिलालाई पूँजीमा पहँच बढाउन सके  क्षमताअनुसारको लगानीबाट पूँजी बृद्धि गर्दैै अगाडि बढ्ने अवसर  प्रशस्त आउँछ । हालका दिनमा काठमाडौंमा बसोबास गर्ने महिला मात्र सेयर बजारमा हावी भएका छन् । अवका दिनमा देशका विभिन्न सहरमा ब्रोकरका बिस्तार भएका शाखामार्फत  महिलाको पहुँच अझ बढाउन ब्रोकर र धितोपत्र बोर्ड  आक्रमक रूपमा लागि पर्नु पर्ने देखिन्छ।

गाउँका महिलाको थैलीमा भको पैसा वा पेवा रकमलाई बित्तिय बजारमा ल्याउने काम सेयर बजारले गर्छ । वैदेशिक रोजगारीमा गएकाहरुले पठाइएको रकम आनुत्पादक क्षेत्रमा खर्च भइरहेका बेला सेयर बजारमा ल्याउन सके त्यसले उत्पादक स्वरुप लिन सक्छ । छरिएर रहेको पूँजीलाई सेयर बजारले एकै ठाउँमा जम्मा गरी राष्ट्र निर्माणमा योगदान गर्न सक्छ।

सेयर बजारमा महिला सहभागिता बढाउने माध्यम बित्तीय साक्षरता प्रमुख हो । यसकारण अर्थमन्त्रालयले पूँजिबजार सुधारमा र जनताको पूँजिको सुरक्षाको प्रत्यभुती दिन सके बजार विस्तार गर्न सघाउने छ । 

देशैभर महिलालाई सेयरको महत्व, संभावना र बित्तीय पहुँच सम्बन्धि  जनचेतनाको काम गर्न सके, शेयर कारोबार गरी सफल भएका  महिलाको सहकार्यमा जनचेतना कार्यक्रम संचालन गरे महिलाको आर्थिक उत्थान हुनुका साथै बजार विस्तार प्रभावकारी  हुने महिला लगानीकर्ता सम्झना  सिलवालको धारणा छ ।

होडबाजीभन्दा सम्यमित भएर लगनी गर्दा सेयर बजारबाट मनग्गे आम्दानी हुने आफ्नो अनुभव रहेको लगनीकर्ता तुलसा भट्टराइले बताउनु भयो । बानेश्वरमा कागती व्यावसाय गर्दै आएकी महिलाले प्राथमिक सेयर र दोस्रो बजारमा लगानी गरेर राम्रो प्रतिफल लिएको अनुभव सुनाउनु भयो । 

यसले के देखिन्छ भने सेयर बजारमा सबै खाले महिला लगानीकर्ताको उपस्थिति छ । कोही अध्ययन गरेर लगानी गर्छन् त कोहि बिगतका प्रवृत्ति हेर्छन् । भनिन्छ नि कि पढेर जानिन्छ कि परेर जानिन्छ ।

धेरै जसो महिला लामो समयको लगानी नभई  नाफा कमाउन  खतरा मोल्ने गरी सेयर खरिद गर्छन् । कसैले लामो समयमा प्रतिफल लिने गरी लगानी गर्छन । अधिकांशलाई आफूले किनबेच गर्ने कम्पनीबारे खासै जानकारी हुँदैन। आफूले किनेको कम्पनी वाणिज्य बैंक हो कि बिकास बैंक, त्यसको पूँजी, नाफा, प्रतिसेयर आम्दानी कति छ भन्ने समेत थाहा हुँदैन । मर्जर र अक्वायर  पत्तो छैन ।

यस्ता कुरा बुझेर मात्र लगानी गर्नु पर्छ । बढ्ने बेलामा त सबै कम्पनी उस्तै जस्ता लाग्छन् ।  बजार स्थिर भएका बेला राम्रो कम्पनीबाट मात्र प्रतिफल लिन सकिन्छ ।  कम्पनीको अबस्थाले बजारमा निकै प्रभाव पार्छ । 

पछिल्लो  समयमा सुध्रदो वित्तिय अवस्था, देशमा देखिएको सकारात्मक महौल र देशैभरी गरिएको ब्रोकर साखा बिस्तारले सेयर बजारलाई विस्तारै माथि लैजानुका साथै महिला सहभागिता वृद्धि गर्न सघाउने छ । यसले उनीहरुको जिवनस्तर उकास्न अझ अवसर सृर्जना गर्ने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको