Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेश बैंकको तीन अर्ब बढीको हकप्रद सेयर निष्काशन

मंगलबार, २९ चैत्र २०७३, १३ : १७ मा प्रकाशित

बंगलादेश बैंकको तीन अर्ब बढीको हकप्रद सेयर निष्काशन

अर्थ संसार 
काठमाडौं– नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्ना सेयर धनीका लागि रु ३ अर्ब २० करोड बराबरको हकप्रद सेयर निष्काशन गरेको छ ।

बैंकले १० कित्ता साधारण सेयर बराबर ८ कित्ता नयाँ सेयरको अनुपातमा रु ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० बराबरको हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड २० लाख ९४ लाख ६८.८० कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रदका लागि चैत १६ गतेसम्म कायम सेयरधनीले आगामी वैशाख ७ देखि जेठ १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

आगामी असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने लक्ष्यका साथ बैंकले हकप्रद निष्काशन गरेको हो । हाल बैंकको कुल चूक्ता पूँजी ४ अर्ब १ करोड १७ लाख ५८ हजार ६ सय रुपैयाँ छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार पुग्ने छ ।

प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकको शेयरमा लगानीकर्ताले शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, बंगलादेश बैंक लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, साथै काठमाडौं उपत्यका भित्र न्यूरोड, भैंसेपाटी, बिजुलीबजार, कालीमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, आकाशेधारा, बालाजु, जोरपाटी, ट्याङलाफाँट किर्तिपुर, र महाराजगञ्जबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै उपत्यका बाहिर विराजटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायाणघाट, बुटवल, धनगढी, बिर्तामोड, घोराही, जनकपुर, सुर्खेत, हेटौंडा, विराटचोक मोरङ, संक्रान्ती बजार तेह्रथुम, खलंगा बजार दार्चुला, सल्यान, भैरहवा, भोजपुर, धुन्चे रसुवा, महेन्द्रपथ धरान, बट्टारबजार नुवाकोट, कर्सिया मोरङ, गल्छी धादिङ, झल्हारी कञ्चनपुर, मुसिकोट रुकुम, फिदिम पाँचथर, खैरनि चितवन, चैनपुर बझाङ, कुस्मा पर्वत र खजुरा बाँकेबाट आवेदन दिन सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको