Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको सेयर रजिस्टारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त

बुधबार, ३० चैत्र २०७३, ०९ : ५७ मा प्रकाशित

जनता बैंकको सेयर रजिस्टारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त


अर्थ संसार 
काठमाडौ–जनता बैंक नेपाल लिमिटेडले शेयरसम्बन्धी कार्य गर्न शेयर रजिष्ट्रारमा काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर रजिष्ट्रार नियुक्ती सम्झतामा जनता बैक नेपाल लिमिटेड र काठमाडौ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत क्रमश कुमार लम्साल र भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

जनता बैकले भर्खरै राष्ट्रिय स्तरका त्रिवेणी बिकास बैक लिमिटेडसँग मर्जर सम्पन्न गरेको र अर्को राष्टिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्विजिशन (प्राप्ति) गर्ने सम्झौता गरेको छ ।

जनता बैकले यस अगाडी आफ्नो शेयर रजिष्ट्रार सम्बन्धीकार्य आफैले गर्दै आईरहेकोमा त्रिवेणी बिकास बैकसँगको मर्जरसंगै शेयर रजिष्टारमा काठमाडौं क्यपिटललाई नियुक्त गरेको हो । बैकको हाल करिब ५५ हजार शेयरधनी रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको