Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल उद्योग बाणिज्य महासंघमा अजय कुमार

बुधबार, ३० चैत्र २०७३, १० : १९ मा प्रकाशित

नेपाल उद्योग बाणिज्य महासंघमा अजय कुमार

अर्थ संसार
काठमाडौं– नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिको सदस्य पदमा नेपाल –थाई चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रीका अध्यक्ष  अजय कुमार मुडभरी आगामी ३ बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।

 नेपाल उद्योग वाणिज्य महासंघको ५१ औ बार्षिक साधारण सभामा ६४ सदस्य पदको निर्वाचनमा  अजयकुमार मुडभरी द्धिराष्ट्रिय उद्योग बाणिज्य संघको एक मात्र कोटामा निर्विरोध निर्वाचित भएका हुन् ।  

लामो समय देखि नेपाल–थाई चेम्वरको नेतृत्व सम्हाल्दै आई रहनु भएका अजयकुमार मुडभरी प्रसारण लाईन एवं सवस्टेशन निर्माण व्यवसायमा संलग्न छन् । साथै विद्यतीय ट्रान्सफर्मर निर्माण लगायत अन्य विभिन्न उत्पादन तथा सेवा मुलक उद्योगहरुमा समेत संलग्न छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको