Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् आयोजनाको लागि पहिलो पटक केवलकार बन्दै

विहीबार, ३१ चैत्र २०७३, १९ : ४६ मा प्रकाशित

विद्युत् आयोजनाको लागि पहिलो पटक केवलकार बन्दै

अर्थ संसार 
काठमडौं–माथिल्लो तामाकोसीले रोल्वालिङ डाइभर्सन निर्माणका लागि पहिलो पटक केबलकार निर्माण गरिने भएको  छ । सडक मार्ग भन्दा केबलकार बढी प्रभावकारी भएको भन्दै छेतछेतदेखि रिकुसम्म २.४ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

 यसका लागि कम्पनीले पूर्वयोग्यताको छनोटका लागि प्रस्ताव आह्वान गरिसकेको छ । डाइभर्सन बनेपछि सुख्खायाममा रोल्वालिङको पानी थप गरेर थप १७ करोड ६० लाख युनिट बिजुली उत्पादन बढाउने योजना छ ।

रोल्वालिङको पानी थप भएपछि तामाकोसीबाट सुख्खायाममा १२० मेगावाटसम्म बिजुली उत्पादन हुनेछ । रोल्वालिङ डाइभर्सनमा २२ मेगावाटको अर्को आयोजना सम्पन्न भएपछि थप १५ करोड ७० लाख युनिट बिजुली हुनेछ ।

माथिल्लो तामाकोसी आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । ६ किलोमिटर लामो सुरुङ खनेर रोल्वालिङको पानी तामाकोसीमा मिसाई सुख्खायाममा थप १७ करोड ६० लाख युनिट र रोल्वालिङमा नयाँ आयोजना विकास गरी थप १५ करोड ७० लाख गरी माथिल्लो तामाकोसीबाट वार्षिक बिजुली उत्पादन २ अर्ब ६१ करोड युनिट नाघ्नेछ ।

माथिल्लो तामाकोसीले वर्षातको ३ महिना पूरै विद्युत् उत्पादन गरे पनि माघ र फागुनमा कम हुनेछ । रोल्वालिङको पानी मिसाएपछि आयोजनाबाट सुख्खायाममा १ सय २० मेगवाटसम्म विद्युत् उत्पादन हुनेछ । तामाकोसीको पहिलो युनिटबाट ०७५ असारअन्तिमसम्म बिजुली उत्पादन हुनेछ । यसपछि मंसिर अन्तसम्ममा सबै युनिट सञ्चालनमा ल्याउने तयारी छ ।

माथिल्लो तामाकोसीको अर्को आयोजना रोल्वालिङको पानी तामाकोसीमा मिसाएर सुख्खायामममा बिजुली उत्पादन गर्न रोल्वालिङ डाइभर्सनको परामर्शदाता जर्मनको ल्याह्मेयर इन्टरनेश्नलले आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी बुझाइसकेको छ । तामाकोसीको परामर्शदातमा ल्याह्यमेयर नै हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको