Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रगित ८६ प्रतिशत

शुक्रबार, ०१ बैशाख २०७४, ११ : २५ मा प्रकाशित

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रगित ८६ प्रतिशत

अर्थ संसार 
काठमाडौं, समस्यामा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई सरकारको साथ र लगानीका लागि सबै प्रकारको स्रोत तथा साधन उपलब्ध गराएपछि आयोजनाको प्रगति ८६ प्रतिशत भन्दा बढी पुगेको छ ।

आयोजनालाई २०७५ असारमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजना सम्पन्न हुने चरण्मा पुगेको बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले थप अर्को आयोजना अगाडि बढाउने भएको छ ।

आयोजानकाकाअनुसार रोल्वालिङ खोलाको पानीलाई फर्काएर थप २२ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । पानी फर्काएर थप विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् विकास विभागमा निवेदन समेत दिइसकेको छ ।

आयोजनाले सहज र सरल मानिएको जुमखोला आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र मागेको थियो । तर विभागले सो आयोजनाको अनुमतिपत्र अर्को प्रवद्र्धकलाई दिएका कारण तामाकोशीले नपाएको हो । जुमखोलाको आयोजना नपाएपछि कम्पनीले रोल्वालिङमा २२ मेगावाटको नयाँ आयोजना विकास गर्न लागेको हो ।

आयोजनाको लाइसेन्सका लागि विद्युत् विकास विभागमा निवेदन दिएको कम्पनीका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।नयाँ आयोजनाको सम्भावना भएकाले लाइसेन्सका लागि विभागमा निवेदन दिएको उनले बताए  । आयोजनाबाट वर्षभर नै बिजुली उत्पादन हुनेछ ।

यो आयोजना सम्पन्न भएपछि १५ करोड ७० लाख युनिट बिजुली थप हुनेछ । नयाँ आयोजना प्रारम्भिक चरणमा रहेको उनले बताए । लाइसेन्स पाएपछि थप अध्ययन गरेपछि मात्र लागतको विषयमा यकिन गरिनेछ  ।

यो पनि पढ्नुहोस्

बेरोजगार हुनुहुन्छ ? ५० जनालाई आयो रोजगारीको अबसर 

रैराङ हाइड्रको १४ करोड कित्ता सेयर आउँदै 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको