Like us!
Follow us!
Connect us!
Watch us!

आक्रामक रुपमा लगानी गर्दै दुगड समूह, एकैपटक तीन आयोजना सुरु

शुक्रबार, ०१ बैशाख २०७४, १४ : २१ मा प्रकाशित

आक्रामक रुपमा लगानी गर्दै दुगड समूह, एकैपटक तीन आयोजना सुरु

अर्थ संसार   
काठमाडा– सरकारको सहजीकरणपछि नीजि क्षेत्रका लगानीकर्ताहरु एक पछि अर्को गर्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न उत्साहित भएका छन् । नेपालको व्यावसायिक घराना एमभी दुगड समूहले स्वदेशी पुँजी परिचालन गरेर १५७ मेगावाट क्षमताका ३ जलविद्युत आयोजना निर्माण सुरु गरेको छ ।

एकैपटक १५७ मेगावाटको ३ ठुला आयोजना निर्माण सुरु गर्ने एमभी दुगड समूह पहिलो व्यवसायिक घरानाको रुपमा स्थापित भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रुपमा आयोजनाको निर्माण सुरु भएको शिलालेख अनावरण गर्नुभयो ।

निर्माण सुरु भएको घोषणा गर्दै ऊर्जा मन्त्री शर्माले सरकारको योजनाअनुसार नै औद्योगिक घराना नै जलविद्युत् आयोजना निर्माणमा लाग्नुले सकारात्मक सन्देश दिएको बताउनुभयो ।

निजी क्षेत्रले उठाउँदै आएको समस्या समाधान गर्न सरकारले केही नीतिगत सुधार गरेको र केही सुधारको क्रममा रहेको भन्दै मन्त्री शर्माले सबैको सार्थक प्रयत्नले मात्रै सफलता हासिल गर्ने उहाँको कथन थियो ।

ऊर्जा सचिज उपाध्यायले निजी क्षेत्रलाई साथम नै लिएर जाने सरकारको लक्ष्यअनुसार काम भइरहेको र ऊर्जा क्षेत्रमा केही वर्षमा नै नसोचेको प्रगति हासिल हुने बताउनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपाल र नेपालीको आर्थिक समृद्धिको आधार नै जलविद्युत् क्षेत्र भएकाले प्राधिकरण निजी क्षेत्रसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

 समूहले विभिन्न सहायक कम्पनीमार्फत लिखु खोलामा ३ वटा आयोजना सुरु गरेको हो ।  समूहले ७७ मेगावाट क्षमताको लिखु १ आयोजना पान हिमालय इनर्जी, ५१ मेगावाटको लिखु २ आयोजना ग्लोवल हाइड्रोपावर एसोसियट्स र २९ मेगावाट क्षमताको लिखु ए आयोजना नुम्बुर हिमालय हाइड्रोपावर प्रालीमार्फत निर्माण सुरु गरेको हो । राजधानीमा आयोजित एक कार्यक्रममा तीन वटै आयोजनाको निर्माण सुरु भएको घोषणा गरिएको हो । 

ती  आयोजना आउँदो सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिनुभयो । तीन वटा  आयोजना निर्माण सम्पन्न गर्न कुल  रु २१ अर्ब लाग्ने अनुमान गरिएको अध्यक्ष दुगडको भनाइ छ ।

अध्यक्ष दुगडकाअनुसार ७७ मेगावाटको लिखु १ मा प्राइम कमर्शियल बैंकको अगुवाईमा एनआईसी एसिया बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड , कृषि विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, जनता बैंक, प्रभु बैंक र मेगा बैंकले कर्जा लगानी सम्झौता गरेका छन् ।

यस्तै ५१ मेगावाटको लिखु २ मा माछापुच्छ्रे बैंकको अगुवाईमा मेगा बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेन्ट बैंकको ऋण लगानी छ ।

२९ मेगावाटको लिखु ए मा लक्ष्मी बैंकको अगुवाईमा सिद्धार्थ बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डु लुम्बिनी बैंकले संयुक्त लगानी गरेका छन् ।
ती  आयोजनाबाट उत्पादन हुने बिजुली खरिद बिक्रीका लागि प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी दिए ।

सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न औद्योगिक समूहको तर्फबाट तीन ठूला आयोजनामा लगानीगरिएको अध्यक्ष दुगडको भनाइ छ ।

अन्य नयाँ आयोजना बनाउन विदेशी साझेदार ल्याउने विषयमा छलफल सुरु गरेको र केही समय भित्रै सफलता हासिल गर्ने उहाँले जानकारी दिनुभयो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको