Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीको पाइपकाकारण उपत्यकामा पटक पटक विद्युत् अवरोध

आइतबार, ०३ बैशाख २०७४, १३ : ५० मा प्रकाशित

मेलम्चीको पाइपकाकारण उपत्यकामा पटक पटक विद्युत् अवरोध

अर्थ संसार 
 काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पुर्याएको भन्दै आपत्ति जनाएको छ ।
 
महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने ११ केभी कपन फिडरको भूमिगत केबलमा आज मेलम्ची खानेपानी आयोजनाको काम गराईबाट क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ ।

धोबीखोलाका ढलान पुल र निलो पुलस्थित दुईवटा वितरण ट्रान्सफर्मर बन्द हुँदा ती ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति हुने सुकेधारालगायतका ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।
 
मेलम्चीको पाइप बिच्छ्याउँदा क्षतिग्रस्त भएको केवल मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याइए पनि त्यसबाट उपभोक्तामा ठूलो प्रभाव पर्ने भएकाले व्यवस्थित तवरले काम गर्न प्राधिकरणले मेलम्ची आयोजनालाई आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाले काम गर्दा पटक पटक भूमिगत विद्युत् प्रणालीमा क्षति पुग्ने गरेको छ । काम गर्दा भूमिगत केवलको अवस्थामा ध्यान दिन प्राधिकरणले मेलम्ची खानेपानी हेर्ने सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

 
काठमाडौँको जमिनमुनि बिच्छ्याएको केवलबारे जानकारी नराख्दा ठूलो दुर्घटना हुने सम्भावना रहेको र विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुन गई ग्राहकले सास्ती भोग्नुपर्नेतर्फ ध्यान दिन आयोजनालाई प्राधिकरणले अनुरोध गरेको छ । भौतिक सम्पत्तिको सेवा अवरुद्ध भएबाट प्राधिकरणलाई आर्थिक नोक्सानी समेत हुने गरेको प्रवक्ता अधिकारीले बताए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको