Like us!
Follow us!
Connect us!
Watch us!

युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान

सोमबार, ०४ बैशाख २०७४, १३ : ०४ मा प्रकाशित

युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान

अर्थ संसार 

पोखरा– जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ । 

स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै बङ्गुर व्यवसाय प्रवद्र्धन गर्ने एकजनालाई रु चार लाख, विगलेटका पाँच फार्मलाई रु दुई÷दुई लाख, मासुका लागि बङ्गुर पाल्ने चारवटा फार्मलाई रु एक/एक लाख, मासुका लागि भैँसीका पाडा पाल्ने तीन फार्मलाई रु दुई/दुई लाख र नश्ल सुधारका लागि बोका पाल्ने ३० कृषकलाई रु १५/१५ हजारका दरले अनुदान दिइने छ । 

साना गाईंभैसी पालन गर्न सातवटा फार्मलाई रु एक लाख ७० हजार÷एक लाख ७० हजार, व्यावसायिक पशु सुधार कार्यक्रमअन्तर्गत २५ वटा गोठ सुधारका लागि रु १०/१० हजार तथा घाँस काट्ने उपकरण खरिद, बर्खे घाँस उत्पादन, घाँस विकासजस्ता कार्यक्रममा पनि अनुदानको व्यवस्था गरिएको छ । 

किसानलाई दिइने अनुदानमध्ये ७० प्रतिशत भुक्तानी भइसकेको र बाँकी काम सम्पन्न भई बिल भर्पाइ आएपछि भुक्तानी दिने प्राविधिक श्रेष्ठले बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको