Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति नयाँदिल्लीमा

सोमबार, ०४ बैशाख २०७४, १३ : ३९ मा प्रकाशित

राष्ट्रपति नयाँदिल्लीमा

(विशेष प्रतिनिधि भरत केसी) 

भारत – भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ । 

राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ । 

त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो । 

राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानुहुनेछ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको