Like us!
Follow us!
Connect us!
Watch us!

तरकारीबाटै आत्मनिर्भर

मंगलबार, ०५ बैशाख २०७४, १४ : ४९ मा प्रकाशित

तरकारीबाटै आत्मनिर्भर

अर्थ संसार 

डडेल्धुरा–पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् । 

यहाँका महिला तरकारीखेतीबाट वार्षिक रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । 

अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारी सिमला, लौका, काँक्रा, तितेकरेला बिक्री गरी मासिक रु २० देखि रु ३० हजारसम्म आम्दानी गरिरहेको बताउनुहुन्छ । यस्तै महादेव कृषक समूहका अध्यक्ष जानकी विक कैनी पनि तरकारीकै आम्दानीले परिवार पालिरहेको बताउनुहुन्छ । 

आलु, काउली, फर्सी, प्याज, बन्दागोभी, सिमला, भिन्डी, काँक्रा, लौका, तितेकरेलातगायत तरकारीखेती गर्दै आएका उनीहरु अन्न बालीबाट वर्षको छ महिना पनि खान नपुग्ने भएकाले घर खर्चदेखि छोराछोरीको पढाइका लागि तरकारीखेतीको भर पर्नुपरिरहेको बताउनुहुन्छ । 

यहाँका महिला अन्य व्यवसाय छोडेर जमिन भाडामा लिई तरकारीखेती गर्न थालेका छन् । साना सिँचाइ कार्यक्रम सुरु भएपछि तरकारीखेती गर्न सजिलो भएको उनीहरुको भनाइ छ । पोखरालगायत जिल्लाको विभिन्न क्षेत्रका कृषकलाई सिँचाइ तथा तरकारीमा प्राविधिक सहयोग दिइरहेको बहुउद्देश्यीय विकास समाजको अनुकूलन परियोजनाका कृषि प्राविधिक मुकेश साउदले जानकारी दिनुभयो । 

किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको