Like us!
Follow us!
Connect us!
Watch us!

बाह्र वर्ष पहिलको लेखा परिक्षणको आधारमा बीमा कम्पनीले बोलायो साधारणसभा

मंगलबार, ०५ बैशाख २०७४, १६ : ०७ मा प्रकाशित

बाह्र वर्ष पहिलको लेखा परिक्षणको आधारमा बीमा कम्पनीले बोलायो साधारणसभा

अर्थ संसार 
काठमाडौं– राष्ट्रिय बीमा कम्पनी लिमिटेडको यही वैशाख २२ गतेका लागि २९ औं साधारण सभा हुने भएको छ । लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारलाई साधारण सभाको बारेमा जानकारी गराएको छ ।

साविकको राष्ट्रिय बिमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६०/६१, २०६१/६२, र आव २०६२/६३ को वार्षिक लेखा परिक्षण प्रतिवेदन बमोजिम उक्त आर्थिक वर्षको वार्षिक लेखा परिक्षण प्रतिवेदन बमोजिम उक्त आवको लागि क्रमशः ३९/३९ प्रतिशत र १५ प्रतिशत खुद नाफाको तथा ३७ प्रतिशत, ५१ प्रतिशत र २७ प्रतिशत (चुक्ता पूँजी)का दरले लाभाशं वापत बोनस सेयर प्रदान गर्ने प्रस्ताव गरिएको छ ।

लामो समयदेखि लेखा परिक्षण हुन नसकेको लिमिटेडले १२ वर्ष अगाडिको लेखा परिक्षणको आधारमा गर्न लागेको साधरणसभामा अघिल्लो आवको लेखापरिक्षणको विषयले प्राथमिकता पाउँला वा नपाउला त्यो भने हेर्न बाँकी रहेको बताइन्छ ।

यो पनि पढ्नुहोस्

यसकारण छलाङ्ग हान्नेछ सेयर बजारले: एसपी चौलागाईको विश्लेषण 

नेप्सेमा ठूलो पहिरो, ४० अंकले घटेको बजारमा एक अर्वको कारोबार 

कालिका माइक्रो क्रेडिटको सेयर मूल्य समायोजन 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको