Like us!
Follow us!
Connect us!
Watch us!
धरहरा पुनः निर्माण अलपत्र, सोचेजति उठेन पैसा

काष्ठमण्डप बनाउन पनि नागरिकसँग सहयोग मागिने

बुधबार, ०६ बैशाख २०७४, १५ : ४५ मा प्रकाशित

काष्ठमण्डप बनाउन पनि नागरिकसँग सहयोग मागिने

अर्थ संसार 
काठमाडौँ–काठमाडौँ उपत्यका र काठमाडौँको नाम नै राख्ने महत्वपूर्ण ऐतिहासिक लिच्छवीकालीन काष्ठमण्डपको पुनः मिर्नाणका लागि नागरिक तहमा नै प्रयास भएको छ ।

भूकम्प गएको दुई वर्ष हुँदा समेत समेत सरकारले काष्ठमण्डपको पुनः निर्माणका लागि ध्यान नदिएपछि नागरिक तहबाटै त्यसको पुनःनिर्माणको पहल गरिएको र पुनः निर्माण प्राधिकरणले समेत स्वीकृति दिन लागेको छ । काष्ठमण्डप पुनः निर्माणका लागि नागरिक तहमा आह्वान गर्ने तयारी गरिएको छ ।

यही वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा एक समारोहको आयोजना गरीकाष्ठमण्डप पुनः निर्माणका लागि आम रुपमा आह्वान गर्ने तयारी गरिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ । काष्ठमण्डप नेपालको एउटा ऐतिहासिक र महत्वपूर्ण धरोहर हो ।

यसले नै नेपालको राजधानीको नाम राख्न तथा परिचय दिन सफल भएको छ । लिच्छवीकालमा नै निर्माण भएको मानिने काष्ठमण्डप एउटै सालको रुखको काठबाट निर्माण गरिएको भन्ने भनाइ पनि रहेको छ । सरकारले धरहराको पुनः निर्माणका लागि नागरिकलाई आह्वान गरेपनि हालसम्म उल्लेख्य मात्रामा पैसा उठन सकेको छैन ।

जसका कारण धरहरा पुनः निर्माणको काम अगाडि बढ्न सकेको छैन । धरहरा पुनः निर्माणको काम अलपत्र भइरहेको बेला काष्ठमण्डपमा पनि उही शैली अपनाउनु कत्तिको सार्थक होला भन्ने बहस पनि सिर्जना भएको छ । तर पुनःनिर्माण प्राधिकरणले भने काष्ठमण्डप पुनः निर्माण अभियानलाई निर्माणको जिम्मा दिन लागेको छ ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकमा पुनः निर्माण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गराउने गरी कार्यसूची तयार पारिएको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको दिन नै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

सम्झौतामा पुनः निर्माण अभियानले जनतासँग पैसा उठाउने र पुनः निर्माणगर्नेछ भने त्यसको अनुगमन प्राधिकरणले गर्नेछ । सो संरचना पूरातात्विक महत्वको भएकाले पनि संरचनालाई कायम नै राख्नुपर्ने


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको