Like us!
Follow us!
Connect us!
Watch us!

बिश्व बैंकमा नेपालको प्रशंसा

शुक्रबार, ०८ बैशाख २०७४, १३ : ०६ मा प्रकाशित

बिश्व बैंकमा नेपालको प्रशंसा

अर्थ संसार 

वासिंगटन डिसी-चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६.५ हुने प्रक्षेपणको बिश्व बैंक र अन्तराष्टिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । 

बिहिवार संयुक्त राज्य अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले  नेपालको नामै लिएर आर्थिक बृद्धिदर उच्च भएको भन्दै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए । 

नेपालको आर्थिक बिकासलाइ अझ तिब्र पार्न सहयोग गर्न आइडिए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने जानकारी दिनुभयो । बिश्व बैंकले अन्तराष्टिय बिकास संस्था (आइडिए) कार्यक्रम अन्र्तगत बिकासउन्मुख देशहरुलाइ सहयोग गर्दै आएको छ । 

यसले सन् २०१८ मा नेपालकोे आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले वताउनुभयो । 

सोही बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर चिरञ्जिवी नेपाललाइ नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोमा नेपालका अर्थमन्त्रीलाइ बधाइ सुनाइदिन भनेका थिए । 

यो पनि पढुनुहोस्

घरमै बसेर सेयर कारोबार, तीन महिनामा सुरु हुँदैछ अनलाइन ट्रेडिङ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको