Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरीले अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

सोमबार, ०१ कार्तिक २०७३, ११ : २७ मा प्रकाशित

सेञ्चुरीले अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

अर्थ संसार
काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले काभ्रेको धुलीखेलमा केन्द्रीय कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको छ । बैंकले प्राप्ती सम्बन्धी काम २०७३ माघभित्र सकेर एकिकृत कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ ।  

सेञ्चुरी बैंककोे चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ छ । भर्खरै बैंकले ८५ करोड रुपैयाँ हकप्रदको शेयर जारी गरेको थियो । बैंकको असोज मसान्तसम्म निक्षेप ३१ अर्ब ४२ करोड र कर्जा  २७ अर्ब ४१ करोड  छ । सेञ्चुरी बैंकले २९ अर्ब ५ करोड चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । 

सेञ्चुरी बैंकले अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नुअघि गत आर्थिक वर्षको मुनाफा आफ्नै पूँजीमा समाहित गरेर दुवै संस्थाले एकिकृत कारोबार गर्ने छन् । एकिकृत कारोबारपश्चात् सेञ्चुरी बैंकको पूँजी ५ अर्बभन्दा माथी पुग्ने छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकका ५० भन्दा बढी शाखा हुने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको