Like us!
Follow us!
Connect us!
Watch us!

चौध दिन भित्र स्ट्याण्डर्डको एफपिओ बाँडफाँड गर्न बोर्डको निर्देशन

आइतबार, १० बैशाख २०७४, १९ : ०५ मा प्रकाशित

चौध दिन भित्र स्ट्याण्डर्डको एफपिओ बाँडफाँड गर्न बोर्डको निर्देशन

अर्थ संसार 
काठमाडौ–बजारमा देखिएको तरलतालाई समाधान गर्ने भन्दै नेपाल धितोपत्र बोर्डले पाइनियर कम्पनी स्ट्याण्डर्ड चाटर्ड बैंकको एफपीओ आगामी १४ दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्ड स्रोतले भन्यो हामीले तरलता अभावलाई समाधान गर्ने ध्येयका साथ तत्काल एफपिओ बाँडफाँड गर्न निर्देशन छौ ।

बोर्डले बैंकको एफपीओ ५० दिनभित्र बाँडफाँट गरिसक्न निर्देशन दिएपछि अबको दुईसाता भित्रै बाँडफाँड गर्न लागिएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पनि बोर्डको निर्देशनअनुसार नै ५० दिन अगावै बाँडफाँड गर्ने बताएको छ ।

बैंकले गत चैत १ देखि ४ गतेसम्म एफपीओ बिक्री गरेको थियो । बोर्डको निर्देशन अनुसार बैंकको अफपीओ अबको दुइसाताभित्र बाँडफाँड गरिसक्नुपर्ने भएको छ ।एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बैंकले निस्काशन गरेको  थियो ।

बैंकको एफपीओमा दुई लाख २५ हजारभन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँको आवेदन दिएका थिए । यो बाँडफाँड भएपछि बजारमा तरलता सहज हुनुका साथै लगानीकर्तालाई समेत फाइदा पुग्ने बोर्डको अपेक्षा छ ।

धितोपत्र बजारमा सार्वजनिक निष्काशन कार्यलाई सहजीकरण गर्ने तथा धितोपत्रको बाँडफाँड एवं सूचीकरण समयावधी घटाउने उदेश्य अनुरुप आस्वा प्रणाली कार्यान्वयन भएको अवस्थामा बाँडफाँट छोट्याउन धितोपत्र बोर्डको निर्देशन आएको हो ।

एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संस्थापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको