Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस ! मुक्तिनाथ विकास बैंक प्रगति

आइतबार, १० बैशाख २०७४, १९ : ३८ मा प्रकाशित

हेर्नुहोस ! मुक्तिनाथ विकास बैंक प्रगति

अर्थ संसार 
काठमाडौं–जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नारालाई आत्मसाथ गरेको मुक्तिनाथ विकास बैंकले उल्लेख्य प्रगति सहितको आर्थिक वर्ष २०७३÷७४ को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा विकास बैंकको कुल निक्षेप गत वर्षको सोहि अवधिको तुलनामा ५३.८४ प्रतिशतले बृद्धि भई रु. १५ अर्व १४ करोड पुगेको छ भने लगानीमा रहीरहेको कर्जा ६४.६८ प्रतिशतले वृद्धि भई रु. १४ अर्व १७ करोड पुगेको छ । साथै, यस अवधि सम्मको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४३.०२ प्रतिशतले वृद्धि भई रु. ३५ करोड ५१ लाख रहेको छ ।

विगत केही महिना देखि बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको प्रतिकुल वातावरणको बावजुद पनि बैंकको व्यवसायमा उल्लेखनीय बृद्धि भएकोछ । हाल यस विकास बैंकको ५६ वटा कार्यालयहरु मार्फत करिव ३ लाख ग्राहकहरुलाई प्रत्यक्षरुपमा सेवा प्रदान गरिरहेकोछ भने निकट भविष्यमा ७ वटा नयाँ शाखाहरु संचालनमा ल्याउने तयारी रहेकोछ ।

बैंकले ग्राहकहरुको माग तथा बजार प्रतिस्पर्धालाई मध्यनजर गरी वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी बचत खाताको विशेषता सहितको “सेमी फिक्स्ड डिपोजिट एकाउन्ट” संचालनमा ल्याएकोछ । यसले ग्राहकहरुलाई निक्षेपमा अधिक प्रतिफल प्रदान गर्नेछ ।  

विकास बैंकले आफ्नो नियमित कारोबारको आलवा विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग र सहभागीता हुँदै आईरहेकोछ । बागमती सफाईको २०० औं हप्ता देखि नियमित रुपमा बैंकका सञ्चालक, संस्थापक तथा कर्मचारीहरुको सहभागीता भईरहेको छ भने पोखरा लेखनाथ महानगरपालिकामा फिर्के बुलौदी सरसफाईको शुरुवात देखि हाल सम्म हरेक हप्तामा सरसफाईका सामाग्रीहरु सहित उल्लेखनीय संख्यामा कर्मचारीहरुको सहभागीता हुँदै आईरहेको छ

। सरसफाई अभियान लगायत सर्वहित हुने क्रियाकलापहरुमा निरन्तर प्रयासरत रहने बैँकले प्रतिवद्धता व्यक्त गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको