Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकले नौ महिनामा कमायो ९४ करोड , नाफा उच्च हुने संकेत

सोमबार, ११ बैशाख २०७४, १३ : ०१ मा प्रकाशित

सानिमा बैंकले नौ महिनामा कमायो ९४ करोड , नाफा उच्च हुने संकेत

अर्थ संसार 
काठमाडौँ–सानिमा बैंक पछिल्लो पटक नाफा कमाउने बैंकहरुको सूचीमा उक्लिएको छ । बैंकले चालु आवको  ९ महिनामा गत आवको भन्दा रु ३० करोड बढी नाफा कमाएको छ ।

गत चैतसम्म बैंकको रु नाफा ९४ करोड ६९ लाख रहेको बैंकले जनाएको छ ।  गत आवको सोही अवधिमा बैंकको नाफा रु ६७ करोड रुपैयाँ थियो । गत आवको तुलनामा यो आवमा सानिमाको नाफा ३० करोड रुपैयाँ बढेको हो । सानिमाले गत आवमा नाफा रु १ अर्ब बढी  गरिसकेको छ । यो वर्ष बैंकको नाफा रु एब अर्ब २५ करोड नाघने देखिएको छ ।

बैंकले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा, निक्षेप तथा कर्जा लगानी क्रमश बढ्दै गएको देखाएको छ । समीक्षा अवधिमा बैंकले रु ५३ अर्ब ३२ करोड निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु ४३ अर्ब ४४ करोड निक्षेप परिचालन गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकको निक्षेप रु  १० अब बढेको छ ।

समीक्षा अवधिमा बैंकले रु ४८ अर्ब ५९ करोड कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले रु ३६ अर्ब ४६ करोड कर्जा लगानी गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकको कर्जा लगानी रु १३ अर्ब रुपैयाँ बढेको जनाएको छ ।बैंकको चुक्तापुँजी रु ५ अर्ब ३० करोड पुगेको छ । आउदो असारसम्म बैंकले चुक्तापुँजी बढाएर रु ८ अर्ब पु¥याउने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको