Like us!
Follow us!
Connect us!
Watch us!

चीनले गर्या मानवसहित अन्तरीक्ष यान प्रक्षेपण

सोमबार, ०१ कार्तिक २०७३, १३ : २९ मा प्रकाशित

चीनले गर्या मानवसहित अन्तरीक्ष यान प्रक्षेपण


अर्थ संसार
 काठमाडौं– शेनजु–११ नामक यानमा दुई जना अन्तरीक्षा यात्री सहित चीनले अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । शेनजु–११ नामक अन्तरीक्ष यान सोमबार गोबी रेगिस्तानको किनारमा बनाइएको जियोचुयान स्याटलाइट केन्द्रबाट अन्तरीक्षमा पठाइएको हो ।

यसमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग छन् । यी दुबै अन्तरीक्ष यात्री एक महिनासम्म अन्तरीक्ष प्रयोगशाला थियानगोंग–२ मा रहनेछन् । अन्तरीक्ष प्रक्षेपणको सन्दर्भमा शुभकामना दिदै चिनियाँ राष्ट्रपति सी जिनपिङले यसबाट अन्तरीक्षमा सम्भावनाहरुको खोजीमा आफ्नो देश धेरै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘शेनजु– ११ लन्च गरेपछि भविष्यमा अन्तरीक्षको खोजीमा अझै ठूलो कदम चाल्न देश सक्षम हुनेछ । यस अभियानबाट चीनलाई अन्तरीक्ष शक्ति बन्न थप बल प्राप्त भएको छ ।’ यान प्राक्षेपण गर्दै चिनिया वैज्ञानिकहरुले भनेका छन्, यो यान प्रक्षेपणको उद्देश्य चन्द्रमा र मंगल ग्रहमा अन्तरीक्ष यात्री पठाउने सम्भावनाको खोजी गरिने छ । अन्तरीक्षमा यान पठाउनेमा रसिया र उसले पठाएको युरी गागरिन पहिलो थिए भने त्यसपछि अमेरिका रहेको छ । यस मानिसलाई अन्तरीक्षमा पठाउनेमा चीन तेस्रो देश बन्न पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको