Like us!
Follow us!
Connect us!
Watch us!

महुलीमा पर्यो १ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरैको आवेदन

मंगलबार, १२ बैशाख २०७४, १४ : २० मा प्रकाशित

महुलीमा पर्यो १ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरैको आवेदन

अर्थ संसार 
काठमाडौं–  महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ । ७ हजार जनाभन्दा बढीले यसमा सेयर भरेका छन् ।

कुल आवेदनमध्ये परम्परागत संकलन केन्द्रबाट एक अर्ब ५ करोड रुपैयाँको आवेदन परेको छ भने बाँकी ४५ करोड रुपैयाँ बराबरको सेयर आवेदन आस्वाबाट परेको छ ।

यसआधारमा अहिलेसम्म महुलीको आइपीओमा १ सय २५ गुणा बढी आवेदन परेको देखिन्छ । अन्तिम विवरण अझै आउन बाँकी रहेको छ ।

बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले महुलीमा एक अर्ब ५० करोड रुपैयाँको आवेदन परेको नेपाली पैसालाई जानकारी दिए । अन्तिम विवरण अझै आउन बाँकी भएको केही थपिन सक्ने सम्भावना रहेको उनले बताए । 
 
 महुलीले वैशाख ७ गतेदेखि  १०० रुपैयाँको दरले एक लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । यसमध्ये ४ हजार ८०० कित्ता सेयर कर्मचारीलाई र ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६०० कित्ता सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । महुलीले जारी पुँजी चार करोड रुपैयाँको ३०५ सेयर सर्वसाधारणमा बिक्री गरेको हो ।

आइपीओ बिक्रीपछि संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशत हुनेछ । यसको अधिकृत पुँजी १५ करोड रुपैयाँ छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको