Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्यो अरुण तेस्रो, बाँध बनाउने ठेक्का भारतको जेपी कन्ट्रक्सनलाई

बुधबार, १३ बैशाख २०७४, १० : ०१ मा प्रकाशित

अघि बढ्यो अरुण तेस्रो, बाँध बनाउने ठेक्का भारतको जेपी कन्ट्रक्सनलाई

अर्थ संसार 
काठमाडौं– लामो समयदेखि चर्चा र विवादको भूमरीमा फस्दै आएको अरुण तेस्रो जलविद्युत् आयोजना अब भने अगाडि बढ्ने भएको छ ।

आयोजनको काम अगाडि बढाउने प्रक्रिया सुरु भएको छ । भारत सरकारले आयोजनाका लागि रु ९१ अर्ब रकम स्वीकृत गरिसकेको छ भने थप रकम नेपालकै बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने तयारी गरिएको छ ।

आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमकाअनुसार अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध र डइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेको छ । ठेक्का भारतको जेपी कन्ट्रक्सन लिमिटेडले पाएको छ ।

 प्याकेज १ अन्तर्गत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । ९ सय मेगावाट क्षमताको अयोजनाको प्रवद्र्धक कम्पनीले बोलपत्र आह्वान गर्दा सबैभन्दा कम दर प्रस्तुत गर्ने जेपी छनोट भएको आयोजनका नेपाल प्रतिनिधिले जानकारी दिएका छन् ।

यस्तै प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माणका लागि पनि बोलपत्र आह्वान गरिएको छ । जसअनुसार आउँदो मे १२ तारिखमा बोलपत्र खोल्ने भएको छ । ४ प्याकेजमा आयोजनाको निर्माण हुनेछ । जसअनुसार दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण गर्ने ठेक्का रहेको छ ।

त्यस्तै , तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्तर्गत काम हुने जनाइएको छ । आयोजनाको कुल लागत १ खर्ब १६ अर्ब लाग्ने जनाइएको छ ।

 विशेष गरी निर्यातमूलक आयोजनाबाट नेपालले आयोजनाबाट १९८ मेगावाट बिजुली सित्तैमा पाउनेछ ।

आयोजनाले नीजि जग्गा प्राप्त गरेपनि सरकारी र वन क्षेत्रको जग्गा भने पाउन सकेको छैन । जसका कारण केही काम भने प्रभावित हुँदै आएको छ । आयोजना बनेपछि नेपालले निःशुल्क बिजुली, करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने लगानी बोर्डले जनाएको छ ।

आयोजनाप्रभावित स्थानीयले ८० लाख कित्ता सेयर पाउनेछन् भने आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको