Like us!
Follow us!
Connect us!
Watch us!

आमाको सम्झनामा

बुधबार, १३ बैशाख २०७४, ११ : ५० मा प्रकाशित

आमाको सम्झनामा

मैले ममता खोजेँ । प्यार खोजे । यताउता भौतारिएँ । तिम्रो बाँणीको अभाव खड्कियो । आमाको प्यार त कहाँ पाइन्थ्यो र ? एकान्तमा तिमीलाई सम्झेर रोइरहेँ । अनि, होसमा आएँ । 

तिमीलाई धेरै सताउथें, खाना नखाइदिएर । गाउँ घुमाउँदै तिमी खुवाउँथ्यो मलाई । तिमीलाई कहिल्यै मद्दत गरिन, तर तिमीले कहिल्यै गुनासो गरिनौ । 

जब आफू आमा भएँ, अनि मात्र तिम्रो महिमा बुझ्न सकें । आज छोरीलाई च्यापेर रुन मन लाग्छ । तिमीले मलाई कसरी अलग्यायौ । त्यस्तो बेला मेरो पनि आउँदैछ छिट्टै ।
कुन शब्दले आभार ब्यक्त गरौं । तिम्रो माया अपरंपार छ । 

आज आमाको मुख हेर्ने औंसी रे । तिमीलाई मिठामिठा परिकार बनाएर खुवाउन मन थियो । तर, आउन सकिन । मेरा आफ्नै बाद्यता छन् । तिमीले मेरो अबस्था बुझ्छ्यौ ।

तिम्रो सम्झनाले धेरै सताएको छ । ती बिगतका तिमीसँग विताएका स्वर्गीय आनन्दमयी पलहरु सम्झेर दिन विताउँदैछु ।

थाहा छ मलाई, ती दिनहरु फर्केर आउने छैनन् । यद्यपि ती दिनहरु सम्झेर आफूलाई बाल्यकालमा रुपान्तरण गर्दाको छुट्टै आनन्द छ । 

अन्तमा,
आमा आफ्नो स्वास्थ्यको ख्याल गर्नू । म सधैं तिम्रो हृदयमा बसिरहने छु ।

यो पनि पढ्नुहोस्

यी तीन बैंकले कमाए अर्ब बढी नाफा 

अघि बढ्यो अरुण तेस्रो, बाँध बनाउने ठेक्का भारतको जेपी कन्ट्रक्सनलाई 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको