Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ११ : ५८ मा प्रकाशित

मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

आज (मंगलबार) नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्यमा प्रतितोला ८ सय रुपैयाँले गिरावट आएको हो । 

मंगलबार  छापावाला सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा काराेबार भएको थियो  । 

त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ  ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।  सोमबार चाँदी एक हजार ३ सय १५ रूपैयाँ कारोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको