Like us!
Follow us!
Connect us!
Watch us!

आज सर्वदलीय बैठक

शुक्रबार, १५ बैशाख २०७४, ०८ : ०७ मा प्रकाशित

आज सर्वदलीय बैठक

अर्थ संसार 
काठमाडौं  आज  स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न  सर्वदलीय बैठक आयोजना  गरिएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सर्वदलीइ बैठकको आयोना गरेका हुन् । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्य दिए । 

स्थानीय तहको निर्वाचनलाई  भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना आचार्यले बताए । 

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको