Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, १५ : ४५ मा प्रकाशित

सिटिजन्स बैंकले थप्याे २ नयाँ शाखारहित बैंकिङ्ग सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउन उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमीबजार र  काठमाडांै जिल्लाको चोभार मायहिपौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । 

उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश: स्थानीय व्यवसायी राममाया सम्बाम्फोर, सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको