Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर फाइनान्सको हकप्रद सेयर बजारमा आउँदै

शुक्रबार, १५ बैशाख २०७४, १२ : ५० मा प्रकाशित

ललितपुर फाइनान्सको हकप्रद सेयर बजारमा आउँदै

अर्थ संसार 
काठमाडौं–  ललितपुर फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यमा १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ बराबरको १८ लाख ७९ हजार चार सय ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

 हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । फाइनान्सले वैशाख ११ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

ग्लोबल आईएमई क्यापिटल लिमिटेड
ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाईे सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

चुक्तापुँजी १८ करोड ७९ लाख ४५ हजार चार सय रुपैयाँ  यस फाइनान्सको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछिे चुक्तापुँजी ३७ करोड ५८ लाख ९० हजार छ सय रुपैयाँ पुग्नेछ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको