Like us!
Follow us!
Connect us!
Watch us!
कालीकोटमा तिन पत्रकारको उम्मेद्धवारी

स्थानीय तहको निर्वाचनमा भिड्दैछन पत्रकार

शुक्रबार, १५ बैशाख २०७४, १३ : ३३ मा प्रकाशित

स्थानीय तहको निर्वाचनमा भिड्दैछन पत्रकार

अर्थ संसार 
कालीकोट – जिल्लामा स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा तिन जना पत्रकारले उम्मेद्धवारी दिएका छन ।

रास्कोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का काशिचन्द्र बराल,कालिका गाँउपालिकामा नेकपा(एमाले)का खडानन्द चौलागाई र शान्नि त्रिवेणि गाँउपालिकाको उपाध्यक्षमा पार्वति सिंह(संज्याल)लाई उम्मेद्धवारी दिएको बताइएको छ ।
 
   रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल यस २०४९ देखि २०५८ सम्म कान्तिपुर दैनिकमा काम गर्दै हिमाल एफ एम,भेक आवज एफएम लगाएतका मिडिया संचालन गर्दै विभिन्न क्षेत्रमा काम गर्दै आउनु भएको थियो वहां नेपाल पत्रकार महासंघ सुर्खेतको सदस्य हुनु हुन्छ ।
 
त्यसै गरी हाम्रो अधिकार पत्रिकाबाट शुरु भएको थियो उहांले आस्था,नवयुग साप्ताहिकमा काम गर्दै आउनु भएको थियो ।पछिल्लो समयमा मनेविमर्श कर्ताको रुपमा काम गर्दै आउनु भएका चौलागाई नियमित आर्टिकल लेख्दै आउनु भएको छ ।
 
उहांँ नेपाल पत्रकार महासंघ कालीकोटको संस्थापक सदस्य हुनु हुन्छ । त्यसै गरी युवा उम्मेद्धवार पार्वती सिंह पञ्चकोशी एफ एम दैलेखबाट पत्रकारिता शुरु गरेकी कालीको पहिलो महिला पत्रकार हुन विभिन्न एफ एम तथा राष्ट्रिय पत्रिकामा काम गर्दै आउनु भएको थियो ।
 
पार्वति सिंह नेपाल पत्रकार महासंघ कालीकोटको सदस्य तथा केन्द्रिय पार्षद हुनु हुन्छ । ने क पा(माओवादी केन्द्र)का रास्कोट नगरपालिका का उम्मेद्धवार काशिचन्द्र बरालले संचारको विकास संगै आफुले विजयि भएमा रेडियो,टेलिभिजन तथा वाड स्तरमा डिजिटल बोर्डको स्थापना गर्ने योजनाका साथै सार्वजनिक निकायमा इन्टरनेटको पहुंच बृद्धि गरी फ्रि वाईफाईको व्यवस्था गर्ने प्राथमिकतामा राखेको बताउनु भएको छ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको