Like us!
Follow us!
Connect us!
Watch us!

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

शुक्रबार, १५ बैशाख २०७४, २१ : ३२ मा प्रकाशित

सर्वदलीय बैठकः मतगणना र बजेट दुई चरणको निर्वाचनपछि

अर्थ संंसार 

काठमाडौँ- संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताको सर्वदलीय बैठकमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउने र मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको बैठकमा दुई चरणको निर्वाचन गर्दा बीचमा बजेट ल्याउन पनि नसकिने र एक चरणको निर्वाचन सकेर मतगणना गर्दा अर्को निर्वाचन प्रभावित हुने भएकाले दुवै चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा दल सकारात्मक देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । 

बैठकपछि नेकपा ९एमाले० का प्रमुख सचेत भानुुभक्त ढकालले बैठकमा धेरै दलले निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने सुझाव दिएको र यदि दुई चरणमा निर्वाचन भएमा बजेट ल्याउने र मतगणना दुवै पछि गर्दा उपयुक्त हुने विचार आएको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक, स्थानीय तहको निर्वाचन, बजेट र स्थानीय तह निर्वाचनको मतगणनाको विषयमा छलफल गर्न बैठक आह्वान गर्नुभएको थियो । 

प्रधानमन्त्री दाहालले पहिलोपटक संसद्मा सम्मिलित सबै दलको छलफल भएको र राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विधेयकलाई टुङ्गोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुने बैठकमा बताउनुभएको उहाँका प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो । 

वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने र दुई चरणको निर्वाचनपछि मतगणना गर्ने विषयमा निर्वाचन आयोगलाई आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ । 

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता अग्नि खरेल र प्रमुख सचेत ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणा, गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झालगायत संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता सहभागी हुनुहुन्थ्यो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको