Like us!
Follow us!
Connect us!
Watch us!

नौ विद्यालय पुनःनिर्माण

शनिबार, १६ बैशाख २०७४, ०९ : ४१ मा प्रकाशित

नौ विद्यालय पुनःनिर्माण

अर्थ संसार 

बाबियाचौर- दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ । 

जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ । 

त्रिचालिस दुईकोठे, छ तीनकोठे, दुई आठकोठे र सात चारकोठे भवन यसै वर्षभित्र पुनःनिर्माण गरिने लक्ष्य रहेको कार्यालयका सब–इन्जिनियर रामजय यादवले बताउनुभयो । 

कार्यालयले फर्निचरसहित दुईकोठे भवन निर्माणका लागि रु १३ लाख ५० हजार र तीनकोठेलाई रु १९ लाख ५० हजारका दरले अनुदान दिएको थियो ।\

आगामी असारमा सम्पन्न गर्नुपर्ने भए पनि दग्नामको जनता मावि र मलम्परको विद्यालयमा भने अझै काम सुरु भएको छैन । पूर्वाधार योजना समयमा सम्पन्न नगर्ने विद्यालयको खाता रोक्का गरिने जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयो ।  रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको