Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको बैठक : काठमाडौंको मेयरका लागि तीन जनाको नाम पेश

शनिबार, १६ बैशाख २०७४, १९ : २३ मा प्रकाशित

एमालेको बैठक :  काठमाडौंको मेयरका लागि  तीन जनाको नाम पेश


अर्थ संसार 
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले तीजनाको नाम छनौट गरेको छ ।

छनोटमा परेका  उम्मेदवारीहरुको नाम नेकपा एमालेको स्थायी कमिटी बैठकमा पेश गरिएको छ । मेयरको उम्मेदवारका लागि विद्या सुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम पेश भएको स्रोतले जनाएको छ ।

उपमेयरमा इन्दिरा पन्त, रत्न गुरुङ र शान्ति अधिकारी बस्नेतको नाम पेश भएको छ । पेश गरिएको उम्मेदवारबाट उम्मेदवार तोकिने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।  एमालेले महानगरको उम्मेदवार छनोट गर्ने जिम्मा स्थायी कमिटीमा राखेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको