Like us!
Follow us!
Connect us!
Watch us!

संविधान संशोधनका लागि ४७ वटा संशोधन प्रस्ताव दर्ता

शनिबार, १६ बैशाख २०७४, २० : ५८ मा प्रकाशित

संविधान संशोधनका लागि ४७ वटा संशोधन प्रस्ताव  दर्ता

अर्थ संसार,

काठमाडौँ- व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ । 

संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा आज साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा _(एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिनुभयो । 

संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उहाँले बताउनुभयो । दर्ता भएका संशोधन प्रस्ताव के–कस्ता विषयमा कति छन् भनेर आइतबार मात्रै यकीन हुने र सोको आवश्यक प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । 

सहायक प्रवक्ता रिजालका अनुसार प्रतिपक्षी दलबाट बढी संशोधन आएको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको